कृषि ज्ञान केन्द्र, कपिलवस्तु ,कपिलवस्तु

कृषि मूलश्च: जीवनम् भन्ने मूल नाराको साथ कृषि प्रधान देश नेपालमा कपिलवस्तु कृषि ज्ञान केन्द्रले कृषि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरि रहेको कुरा सर्व विदितै छ | यस जिल्लामा कृषिमा आश्रित जनसंख्या ४,८२,८२८ र कृषिमा प्रत्यक्षरुपले आश्रित कृषक परिवार संख्या ६१,५७४ भएको कृषि यस जिल्लाको मेरुदण्डको रुपमा अग्रणी भूमिका खेल्दै आएको तथा कृषि पेशामा आधारित बहुसंख्यक जनताको जीवनस्तरमा सुधार गर्न प्रमुख भूमिका खेली रहेको तथ्य निर्विवाद छ|

       कृषकहरुलाई उन्नत खेति प्रबिधिको जानकारी गराई कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि  गर्ने र कृषकहरुको जीवनस्तरमा सुधार गर्ने दृष्टिकोणले  वि.सं. २०२५ सालमा कृषि शाखाको नाममा जिल्ला कृषि विकास कार्यालयको स्थापना भएको थियो र हाल प्रदेश नं. ५ अन्तरगत कृषि ज्ञान केन्द्रको रुपमा जिल्ला कृषि विकास कार्यालय भएको स्थानमा अवस्थित छ|

             कृषि ज्ञान केन्द्र कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको जमुवार टोलमा अवस्थित छ| | यस कार्यालयमा आर्थिक तथा लेखा शाखा, प्रशासन शाखा र प्राविधिक शाखाको रुपमा विज्ञ सेवा शाखा, तथ्याङ्क शाखा , तालिम तथा कृषि शाखाले कृषि कार्यक्रम संचालन गर्दै आएको छ| 

उद्देश्य

  • अल्पकालीन उदेश्य:

    क)   खाधान, तरकारी, फलफूल , मसलाबाली, माछा तथा नगदेबाली व्यवस्थापन उन्नत प्रविधि तर्फ कृषकहरुलाई आकर्षित गराई उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने कार्यमा उत्प्रेरित गर्ने |

    ख)   उन्नत जातको बोटविरुवाहरु तथा विभिन्न सामाग्रीहरु कृषकहरुलाई समयानुकूल उपलब्ध वा स्रोत केन्द्रको जानकारी गराउने |

    ग)    स्थानीय श्रोत साधन, शीप तथा रुची पहिचान गरी आयमूलक यवं उत्पादनशील प्रविधि बारे विभिन्न क्षेत्रम तालिम दिने |

    घ)    कृषि उत्पादन र वातावरणमा समन्वय ल्याउनका लागि एकीकृत बाली संरक्षण सेवा उपलब्ध गराउने |

    ङ)    कृषि प्रसार कार्यक्रम र कृषि पेशालाई मर्यादित र दिगो बनाउन कृषि विकास कार्यक्रम कृषक समूह मार्फत संचालन गर्ने र समूह त्रमश: सहकारीमा परिणत गराउदै लैजाने |

    च)    उपलब्ध श्रोत, साधन र भविष्यमा उपलब्ध हुन सक्ने पूर्वाधारको आधारमा वार्षिक कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्ने |

    छ)   कृषि संग सम्बन्धित संघ संस्था बीच आपसी तालमेल ल्याई दिगो र चुस्त कृषि सेवा प्रवाह गर्ने |

    ज)   शिक्षित युवावर्गहरुलाई कृषि क्षेत्रम आकर्षित गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने |

    झ)   कृषि उपजको समुचित बजार व्यवस्थापन गर्न स्थानीय श्रोत, साधनको समुचित प्रयोग गरी पहिचान गर्ने |

    ञ)    गाउपालिका र नगरपालिका लगाएत सम्पूर्ण कृषकहरुलाई प्राविधिक विज्ञ सेवा प्रदान गर्ने छ|


    दिर्घकालिन उदेश्य:

    क)   बढ्दो जनसंख्यालाई दृस्तिगत गरी कृषि उत्पादन र उत्पादकत्व स्थायी रुपमा परिमाणात्मक वृद्धि तथा गुणात्मक सुधार गर्दै जाने|

    ख)   जिल्लाको बहुसंख्यक कृषकहरुको जीवनस्तर सुधार गर्न आधुनिक कृषि प्रविधि सबै कृषक समक्ष पुर्याई खाध वस्तुको अन्तरिक माग पूर्ति गरी बाहिर निकासी गर्न खाधान्न बाली, नगदेबाली, फलफूल, तरकारी तथा मत्स्यको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने|

    ग)    स्थानीय रुपमा उपलब्ध श्रोत, साधन र शीपको विकास गरी कृषि व्यवसायलाई तुलनात्मक लाभको आधारमा विविध भौगोलिक क्षेत्रको उपयोग गरी बाली विविधिकरण तथा व्यवसायीकरण गर्ने र रोजगारीका अवसरहरु सृजना गर्दै कृषि जन्य उद्योगलाई आवश्यक कच्चा पदार्थको आपूर्ति गर्नुका साथै राष्ट्रिय बिकासमा टेवा पुर्याउने|

    घ)    कृषि उत्पादन र वातावरण बीच सन्तुलन कायम गर्ने |  

योजना

  • १. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
  • २. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
  • ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
  • ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
  • ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
  • ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
  • ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
  • ८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
  • ९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।
  • १०. खेतीयोग्य जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै बाझो जग्गा सदुपयोगका लागी योजना‚ कार्यक्रम कार्यान्वयनमा जोड दिने।
  • ११. कृषिउपज उत्पादन‚प्रशोधन‚ भण्डारण एवं वितरण प्रणालीमा प्रविधि विकास‚ अनुसरण‚ अवलम्बन‚ उत्पादन र भण्डारणका क्रममा हुने हानी नोक्सानी न्युनीकरण प्रविधि अवलम्वनमा जोड दिने।

कार्यविवरण

कृषि उत्पादनको लागी आवश्यक पर्ने बीउ विजन, विरुवा आदि गर्न स्थानीय स्तरमा बीज बृद्धि कार्यक्रम,नर्सरी स्थापना तथा श्रोत केन्द्र स्थापना गर्न प्राथमिकता दिने र उल्लेखित सामाग्री आपुर्ति गर्न क्षेत्रलाई समेत प्रोतसाहन गर्ने।
कार्यक्रम संचालन गर्न छनौट गरिएका पकेट क्षेत्रमा पकेट प्यकेज कार्यक्रम संचालन गर्ने र आगामी वर्षहरुमा क्रमश व्यावसायिक प्याकेजमा विस्तार गर्दै लैजाने दृष्टिकोणले कार्यक्रम संचालन गर्ने।
सघन एवं व्यावसायिक कार्यक्रम मार्फत समेट्न नसकिने स साना समूहहरुको गर्दा महिला, दलित सहभागिता तथा आय आर्जन हुने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिने।
पहिचान गरिएका पकेटहरुमा कृषक समूहको सहभागितामा आयोजनागत अवधारणा अपनाई कृषि कार्यक्रमहरु तर्जुमा गर्ने र कार्यन्वयन गर्ने।
बढि मुल्य जाने कृषि गर्न प्राथमिकता प्राप्त पकेट प्याकेज कार्यक्रम संचालन गर्ने र आयात प्रतिस्थापन तथा प्रर्वद्धन गर्ने।
कृषि कार्यमा महिलाको प्रमुख भुमिका हुने भएकाले महिला सहभागितालाई महिला कृषक समुह मार्फत प्रभावकारी बनाउने।
निजि क्षेत्र एवं कृषक समुहको कृषि उत्पादनमा सहभागिताका उचित वातावरण सिर्जना गर्ने।
विकेन्द्रिकरणको सिद्धान्त अनुसार कषि विकार कार्यक्रमहरुको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन एवं मूल्याकंन कृषक समूह र स्थानीय निकायको सहभागिता बढाउने।
सहकारी खेती तथा साना सिचांई विशेष कार्यक्रमको सदुपयोगबाट खाद्य सुरक्षा एवं आत्म निर्भर बनाउन
कार्यक्रम तर्फ उन्मुख गर्ने।
जिल्लालाई उन्मुख बीउमा आत्म निर्भर बनाउन धान, गहुँ, मुसुरो, तोरीको बीज बृद्धि कार्यक्रम संचालन गरिने।
क्ष्एः प्रविधिबाट कृषक पाठशाला संचालन गरी वातावरण सन्तुलन कायम राख्न तथा रोग एवं किरा व्यवस्थापन गर्न सचेतनाको साथ प्रचारप्रसार गर्ने
कृषिका विभिन्न कार्यक्रमहरु विद्यमान कृषि निति, कृषि प्रसार रणनिति २०६३, कृषि कार्यक्रम कार्यान्वयन निर्देशिका,स्वीकृत नर्मस् र मन्त्रालय,विभाग, क्षेत्रीय स्तरबाट प्राप्त हुने समयावधी निर्देशन र जिल्ला कृषि विकास समितिको निर्णय अनुसार सञ्चालन गरिने।
आन्तरिक बजार विकासको साथै निर्यात प्रवद्र्धन गर्ने।

Copyright © 2020. All Rights Reserved.