गृह पृष्‍ठ Read More

 जिल्लाको: नामाकरण/परिचयः–

शाक्य दर्शनका प्रेरणा कपिलमुनीको तपोभूमि गौतम बुद्धको पवित्र भूमि कपिलवस्तु जिल्ला पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत लुम्बिनी अञ्चलको तराईको समथर क्षेत्रमा फैलिएर रहेको छ । नेपालको गौरव, एशियाका तारा तथा विश्वका शान्तिदूत सिद्धार्थ गौतमको क्रीडा स्थलका रुपमा परिचित कपिलवस्तु जिल्ला एतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहिआएको छ । यहि माटो, हावा र पानीसंग घुलमिल हुंदै भगवान गौतम बुद्धको सांसारिक जीवनको २९ वर्ष पारगरि शान्तिको खोजिमा लाग्न अभिप्रेरित भएका थिए ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखि ३ कि. मी. उत्तरमा पर्ने प्राचीन कपिलवस्तु (तिलौराकोट) लाई जातक निदान कथा ललित विचार(बौद्ध ग्रन्थ) ऐतिहासिक अभिलेख मुगल सम्राट अशोक द्वारा निर्मित स्तम्भ चिनिया यात्री फ्याहान र व्हेनसाङ्गको यात्रा विवरण लगाएका आधारहरुमा विश्व प्रसिद्ध पुरातत्वविद प्राध्यापक जुराईयो नाकमुरा र पूर्णचन्द्र मुखर्जी समेत अन्य पुरातत्वविद, इतिहासकार अन्वेष्णकर्ताहरुले समेत कपिलवस्तुको ऐतिहासिक प्रमाण लाई विश्व समक्ष ल्याउने कार्य गरी यसको (कपिलवस्तु) प्रमाणिकतालाई अझ बलियो बनाएका छन् ।

यसको पूर्वमा रुपन्देही जिल्ला, पश्चिममा भारतको बलरामपुर जिल्ला तथा अर्रा नदी, उत्तरमा अर्घाखाची, दाङ्ग जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम तौलिहवा हो ।

प्राचीन कालमा हालको तौलिहवा बजारदेखि उत्तर भागमा नदी रामघाट (हालको बांणगंगा) देखि पूर्व कपिलमुनीको आश्रम थियो । यिनै मुनीको नामबाट यस जिललाको नाम कपिलबस्तु रहेको हो । यस क्षेत्रमा सूर्यवंशी शाक्य राजा शुद्धोधनको राज्य थियो । वि.सं. २०१८ सालमा १४ अंचल ७५ जिल्लामा गरिएको राजनैतिक बिभाजन पछि ऐतिहासिक महत्वको दृटिकोणले यस जिल्लाको नामाकरण “कपिलबस्तु” गरियो ।  वि.सं. २०२९ सालको स्थानिय निर्वाचनको अवसरमा जिल्लाको सदरमुकाम तौलिहवा नगरपालिकाको नाम संशोधन गरी कपिलबस्तु नगरपालिका नामाकरण गरिएको थियो ।