हाम्रो बारेमा

तराईका ६ र  पहाडी ६  जिल्ला रहेको प्रदेश नं ५ भौगोलिक विविधतायुक्त छ। कुल १०९ वटा स्थानिय तह रहेको यस प्रदेशमा देशको १२.१ प्रतिशत भूभाग अवस्थित छ भने जनसंख्या ४,४९९,२७२ रहेको छ जसमा ४० प्रतिशत आर्थिक रुपमा सक्रिय छन् । प्रदेशको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ अत: कृषि क्षेत्र यस प्रदेशको जिविकोपार्जनको आधार रहनुका साथै आर्थिक विकासको लागि प्राथमिकता प्राप्त क्षेत्र हो । यो प्रदेश भौगोलिक विविधता र पुर्वाधार विकासको दृष्टीकोणवाट समेत कृषि विकास मार्फत समृद्धीका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजना तर्जुमामा पृष्ठपोषण गर्ने, कृषि विकास कार्यक्रमहरु संचालन तथा नियामक कार्य गर्ने गराउने र मातहतका निकायहरुलाई प्रशासनिक व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्नका लागि मिति २०७५/०६/२५ गते प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री आरती पौडेल ज्यूबाट सम्उद्घाटन गरी प्रदेश नं ५, भूमि व्यस्था कृषि तथा सहकारी मन्त्रालय मातहत कृषि विकास निर्देशनालय, रुपन्देही, नेपालको स्थापना भएको छ । निर्देशनालयलाई तोकिएको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न सम्पूर्ण सरोकारवाला निकायहरुको सहकार्य,सहयोग र समन्वयको अपेक्षा गर्दछौं ।